सबै जोडीलाई लाग्छ, आफ्नो बिहे स्मरणीय होस्। रमाइलो होस् र त्यसको मिठास जीवनका सबै क्षणमा अनुभूत गर्न पाइयोस्। यस्तै चाहनाले त होला अमेरिकी जोडी जेम्स सिसोम, ३५ र एस्ले सेमिडर, ३२ संसारकै सबैभन्दा अग्लो हिमाल सगरमाथाको फेदीमा बिहे गर्न आइपुगे।
यो जोडीले सगरमाथा आधार शिविरमा औंठीलाई साक्षी राख्दै जिन्दगी सँगै विताउने कसम मात्र खाएन हनिमुन स्वरुप यो क्षेत्रमा पदयात्रा पनि गर्यो।
क्यालिफोर्नियाको यो जाेडीको स्मरणीय उपक्रमबारे डेलिमेलले प्रकाशित गरेका १६ तस्बिर-








