१८ बैशाख २०८३ , शुक्रबार

चलचित्र गीतकार कुसुम गजमेरको निधन

काठमाडौ, १९ जेठ– चलचित्र क्षेत्रकी चर्चित गीतकार कुसुम गजमेरको ६२ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको छ । गजमेरको निधनबाट चलचित्र क्षेत्रले एक अथक योद्धा गुमाएको छ । उनी कलेजो सम्बन्धी रोगबाट ग्रसित थिइन ।  वि.सं २००२ साल असोज १७ गते भारतको दार्जिलिङमा जन्मेकी गजमेर नेपाली चलचित्रको गीत लेखनमा  सक्रिय थिइन । उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी थिइन् । उनले रचेको‘ मोहनी लाग्ला है, गाउँलेको बोली…’   लगायत थुपै गीत चर्चित भएको छ ।  उनका शब्दमा आशा भोसले, नारायणगोपाल, उदित नारायण झा, दीपा झा लगायतका चर्चित गायक गायिकाले स्वर दिएका छन् । । उनी  चलचित्र निर्देशक तुलसी घिमिरेकी सासु र सङ्गीतकार रन्जित गजमेरकी श्रीमती हुन् । उनका दुई छोरी र एक छोरा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *