असार ३१, काठमाडौँ । पशुपालन र दूध उत्पादनका लागि कहलिएका जिल्लाहरुमा प्रशस्तै देखिने हिउँदे घाँस अम्रिसो (अम्लिसो) खेती काठमाडौंमा पनि सुरु गरिएको समाचार नेपाल समाचारपत्र दैनिकमा छ । यही वर्षायाममा करिव ४ सय रोपनी क्षेत्रमा अम्रिसो रोपिँदै छ ।

काठमाडौं जिल्ला वन कार्यालयको पहलमा उपत्यकाका पाखो र भिरालो जमिनमा अम्रिसो खेती सुरु गरिएको हो । काठमाडौँका शंखरापुर नगरपालिका–२ र ४ वडा (साविकका नाङ्लेभारे, लप्सीफेदी गाविस) मा करिव १ सय ५० रोपनीमा ७५ हजार गाना अम्रिसोका बिरुवा रोपिएको छ ।
सो क्षेत्रका खम्बोडाँडा र कुसुम सामुदायिक वन समूहले पनि ५ हजार गाना बिरुवा रोपेका छन् । शंखरापुरमा अम्रिसो रोपिएको ९० प्रतिशतभन्दा बढी क्षेत्र व्यक्तिको नाममा दर्ता भएको तर प्रयोगविहीन बाँझो जमिन हो, बाँकी पर्ती जग्गा हो ।








